काठमाडौं । बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जास्थित माझकटेरी सामुदायिक वनमा आगलागी भएको छ ।
आज दिउँसो २ बजेदेखि लागेको आगो नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेको भएता पनि अझै नियन्त्रणमा आउन नसकेको धम्जाका स्थानीयवासी बाबुराम भण्डारीले जानकारी दिनुभयो । सामुदायिक वनमा लागेको आगो बस्तीको नजिक आउन थालेपछि स्थानीयवासी चिन्तित छन् ।
जङ्गलमा रहेका हजारौँ बन्यजन्तु तथा पक्षी मरेको हुनसक्ने आँकलन उहाँले गर्नुभयो । लामो समय सरसफाइ नभएको सामुदायिक वनमा ढलेका ठूला रुख रहेकाले आगो लामो समय रहनसक्ने र अन्यत्र फैलिने त्रास बढेको छ ।
स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आउन नसकेपछि सशत्र प्रहरीका रामबहादुर केसीको नेतृत्वमा विपत् व्यवस्थापनको टोली धम्जामा पुगेको र स्थानीयवासीको सहयोगमा नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो ।
आगो कसले लगाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको र काँठेखोला गाउँपालिका–२ भिमापोखराको जङ्गलमा पनि क्षति पु¥याएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ फागुन २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि