काठमाडौं । बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जास्थित माझकटेरी सामुदायिक वनमा आगलागी भएको छ ।
आज दिउँसो २ बजेदेखि लागेको आगो नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेको भएता पनि अझै नियन्त्रणमा आउन नसकेको धम्जाका स्थानीयवासी बाबुराम भण्डारीले जानकारी दिनुभयो । सामुदायिक वनमा लागेको आगो बस्तीको नजिक आउन थालेपछि स्थानीयवासी चिन्तित छन् ।
जङ्गलमा रहेका हजारौँ बन्यजन्तु तथा पक्षी मरेको हुनसक्ने आँकलन उहाँले गर्नुभयो । लामो समय सरसफाइ नभएको सामुदायिक वनमा ढलेका ठूला रुख रहेकाले आगो लामो समय रहनसक्ने र अन्यत्र फैलिने त्रास बढेको छ ।
स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आउन नसकेपछि सशत्र प्रहरीका रामबहादुर केसीको नेतृत्वमा विपत् व्यवस्थापनको टोली धम्जामा पुगेको र स्थानीयवासीको सहयोगमा नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो ।
आगो कसले लगाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको र काँठेखोला गाउँपालिका–२ भिमापोखराको जङ्गलमा पनि क्षति पु¥याएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ फागुन २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु
चार महिनामा एक हजार बढी आगलागीका घटना