अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १० वटा ट्याक्टरसहित चालक नियन्त्रणमा

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, ११ : २७
अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १० वटा ट्याक्टरसहित चालक नियन्त्रणमा

file Photo

बुटवल । कपिलवस्तु प्रहरीले गएराति अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १० वटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ जरिवाना गरेको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्वर १० विजगौराबाट डेरुवा पुलको ५० मिटर भित्र सर्त विपरित अवैध रुपमा बालुवा उत्खनन गरि चोरी निकासी गरिएको अवस्थामा  वडा प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक (सई) अभय रावतको टोलीले नियन्त्रणमा  लिई जरिवाना गरिएको जनाइएको छ ।