कोरोना अपडेट: आइतबार ७८ जना संक्रमित थपिए, १ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १६ : ३६
कोरोना अपडेट: आइतबार ७८ जना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।

आइतबार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४ सय ७  पुगेको छ । हाल देशभर ९ सय ६२ जना सक्रिय संक्रमित रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस