काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न कानुन व्यवसायी, संसदीय समितिका सभापति र प्रतिनिधिसभा सदस्यहरुसँग नियमित भेटघाट तथा परामर्श गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।
सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले प्रतिनिधिसभा पुनःस्थापनासँगै सभामुखको सक्रियता बढ्नुलाई स्वभाविक भएको बताए । ‘संसदको नेता सभामुख हुने भएकाले पछिल्लो समय भेटघाट र छलफलहरु स्वभाविक रुपमा बढेका छन्’ उनले भने । ती भेटघाट, छलफल र परामर्शमा प्रतिनिधि सभा बैठकसँगै केन्द्रीत हुने गरेको न्यौपानेले बताए । उनले शुक्रबारदेखि नै सभामुखले सरोकारवालासँग छलफल र परामर्श गरिरहेको जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले गत फागुन ११ गते बदरको फैसला सुनाएको थियो । सरकारले आगामी फागुन २३ गते संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ फागुन २०७७, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको सयुक्त अपिल
राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ मा
रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने
वार्ताबाट निस्केपछि नेपालले भने, ‘म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन’
ओली-नेपालको वार्ता डेढ घन्टामै सकियो
धरहरा हेर्दाहेर्दै होला त आइसब्रेक !