काठमाडौं । संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ ।
मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ । मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले कान्तिपुरसँग कुरा गर्दै जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेको बताए ।
उनका अनुसार जेलमा रहेकामाथि अध्यागमन नियम उल्लंघनलगायत विषयमा अदालतमा मुद्दा चलिरहेको छ । प्रवक्ता निरौलाले मन्त्रालयअन्तर्गतको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुनःस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्नेबित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च व्यहोर्ने निर्णय गरिसकेको बताए ।
उनका अनुसार एक वर्षयता विभिन्न जेलमा रहेको बुझिए पनि उनीहरू कसरी त्यहाँ पुगे, कसले पुर्यायो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १६ फागुन २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सेवालाई उत्कृष्ट बनाउन १० वर्षे रणनीति योजना तयार
फैसला कार्यान्वयन नहुँदा अदालतका सयौं मुद्धा ओझेलमा
बालबालिकामा कोरोना संक्रमण बढ्दो
जसपामा सांसदको गणना सुरु
एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली
सामाजिक सुरक्षा कोषमा थप आकर्षण