थप ६० हजार टन मल नेपालमा

पत्रपत्रिकाबाट

आइतबार, १६ फागुन २०७७, ०७ : २०
थप ६० हजार टन मल नेपालमा

कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०÷३० हजार टन युरिया र डीएपी मल भित्र्याएको छ ।

Yeti Diistillery Tansen Cement box

वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले जानकारी दिए । हाल मलको अन्तिम लट भित्रिने क्रममा छ । 

स्वीस सिंगापुर कम्पनीले ३० हजार टन युरिया र भारतको देशहह ट्रेडिङ कम्पनीले ३० हजार टन डीएपी मल नेपाल ल्याएको खबर कान्तिपुरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस