काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताए ।
कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरी ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहनु भएको तर आफुले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस भनेको बताए ।
अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभको पनि स्पष्ट पारे । बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागि भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।
अहिले प्रतिनिधि सभा पुनस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ फागुन २०७७, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा