कोरोना अपडेट  : शनिबार ८१ जना संक्रमित थपिए, २ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १५ फागुन २०७७, १६ : २९
कोरोना अपडेट  : शनिबार ८१ जना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

Yeti Diistillery Tansen Cement box

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।

शनिबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको छ । हाल देशभर ९ सय ६७ जना सक्रिय संक्रमित रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस