पत्रकार खसोग्जीको हत्यामा साउदी युवराजको स्विकृति रहेको अमेरिकी अध्ययनको दाबी

रासस

शनिबार, १५ फागुन २०७७, १४ : ३०
पत्रकार खसोग्जीको हत्यामा साउदी युवराजको स्विकृति रहेको अमेरिकी अध्ययनको दाबी

वासिङ्टन । पत्रकार जमाल खासोग्जीको हत्या वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको हत्याकालागि समर्थन गरेको दाबी गरिए पनि साउदी अरबका अधिकारीहरुले भने त्यसको खण्डन गरेका छन् । 

Yeti Diistillery Tansen Cement box

सन् २०१८ माहत्यागरिएका५९ वर्षीय पत्रकार खसोग्जीकुनैबेला साउदी सरकारका सल्लाहकार थिए । पछि उनीहरुसँग टाढिएर अमेरिका बस्दै आएका थिए । स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका खसोग्जीको हत्या भने टर्कीमा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा रहेको कन्सुलेटमै उनको हत्या भएको थियो भने शरीर टुक्रा टुक्रा पारिएको थियो ।

अमेरिकामा रहेका बेला उनले वासिङ्टन पोष्टमा साउदी अरब र त्यहाँका राजपरिवारको बारेमा आलोचनात्मक लेखहरु लेख्दै आएका थिए । मासिक स्तम्भमा उहाँले युवराज मोहम्मदको नीतिहरूको पनि आलोचना गर्ने गरेका थिए । 

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा साउदी युवराज सलमानले इस्तानबुलमा साउदी पत्रकार खसोग्जीलाई पक्राउ गर्ने वा हत्यागर्ने योजनालाई स्विकृति दिएको दाबी गरिएको छ । 

खसोग्जीको हत्यामा युवराजको हात रहेको दाबी यसअघि पनि अमेरिकी अधिकारीहरुले गर्दै आएका थिए । साउदी अरबमा नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले भने यसअघि पनिती आरोपहरुको खण्डन गर्दै खसोग्जी हत्यामा आफ्नो कुनै पनि हात नरहेको दाबी गर्दै आएका थिए । 

विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरब मध्यपूर्वमा अमेरिकाको प्रमुख समर्थक मुलुक भएपनि यो घटनाले सम्वन्धमा असर पर्ने देखिएको छ । 
अमेरिकीमा नयाँ राष्ट्रपति जो बाइडेनको आगमनसँगै अमेरिका र अन्य देशहरुको सम्वन्ध कस्तो होलाभन्ने उत्सुकता जागिरहेका बेला सार्वजनिक भएको यो प्रतिवेदनले केही समय तरंग फैलाउने देखिएको छ ।  (रासस÷एएफपी)