राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

रासस

शनिबार, १५ फागुन २०७७, १३ : २०
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना


काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

स्वास्थ्यलाभको कामना सहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नाका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस