काठमाडौं । सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ । यस्तो आरोप लगाइन्छ, “संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन् ।त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका पक्षमा काम गर्न सक्दैनन् ।आम नागरिकको दैनिक जनजीवनमा गहिरो प्रभाव पार्न पनि सक्दैनन् ।”
केही व्यक्तिका बुझाइजस्तो सबै सार्वजनिक संस्था त्यस्ता छैनन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकमलगायत संस्थाले पछिल्लो समय आफूलाई अब्बल प्रमाणित गरिदिएका छन् ।
तिनै निकायका कर्मचारी जो जिम्मेवारीमा आएसँगै आफूलाई खरो उतार्दै संस्थानको साखलाई तल पर्न दिएका छैनन् ।जनताको सेवामा तल्लीन र सुधारमा केन्द्रित छन् । सरकारको पूर्ण स्वामित्वमा रहेको निगमभित्र पनि केही यस्ता व्यक्ति छन्, जसले आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर परिणाम निकाल्न सफल भएका छन् । निगमका तिनै कर्मशील मध्येका एक हुन – प्रदीपकुमार यादव । उनले जहाँ जुन जिम्मेवारी पायो त्यसलाई कर्म सम्झेर इमान्दारिताका साथ फत्ते पार्दै आएका छन् ।
अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको नेतृत्व गरेका उनले निगमको वाग्मती प्रादेशिक कार्यालयको प्रमुखको जिम्मेवारीसँगै डिपो व्यवस्थापनका साथै सेवाप्रवाहलाई चुस्त पार्न लागि परेका छन् । निगमको दूरगामी महत्वका योजनाको सफल कमाण्डरका रुपमा चिनिएका उनले अहिले पनि सुधारको पाइला तीव्र गतिमा चालिरहेका छन् ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजना सम्पन्न भएपछि ढुवानी व्यवासयीका समस्या त समाधान भएका छन् । निगमलाई पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै व्यवाधान भएको छैन । नेपालमा माग हुने डिजेलमध्ये अधिकांश पाइपलाइनबाटै आउँछ । भारतीय सीमा नाकाभन्दा ३६ किलोमिटर वर अमलेखन्जबाट मुलुकका अधिकांश स्थानमा डिजेलको आपूर्ति हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ फागुन २०७७, १२ : २८
लेखकबाट थप