नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १ सय २० जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा १६ हजार ५ सय ७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४ सय ९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ८ सय २५ जना पुगेको छ । हाल भारतमा एक लाख ५५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।१ करोड ७ लाख ५० हजार भन्दा बढी कोरानामुक्त भएका छन् ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ४६ लाख ६१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र आठ लाख ३१ हजार ८ सय ७ जना व्यक्तिको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड ३४ लाख ७२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका समाचारमा जनाइएको छ ।
भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ ।
केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिएका हुन् ।
सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेले भने आफैँले रकम तिर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै