प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, १२ : ०२
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

file photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । संसद पुर्नस्थापना भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीले पहिलो पटक शुक्रबार (आज) बेलुका ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना छ । सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गर्न र १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो।