काठमाडौंको तारकेश्वरमा फेरी देखियो बर्डफ्लु, साढे १२ हजार कुखुरा नष्ट

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, १० : १४
काठमाडौंको तारकेश्वरमा फेरी देखियो बर्डफ्लु, साढे १२ हजार कुखुरा नष्ट

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लूको संक्रमण भेटिएको छ । पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले तारकेश्वरमा फेरि बर्डफ्लू देखिएपछि केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको जानकारी दिए ।

बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। तारकेश्वर नगरपालिकाका  साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक कुखुरा फर्ममा बर्डफ्लु देखिएको बताइएको छ ।

कुखुरापालक व्यवसायीहरु कमल गौतम, सरिता शाह, सम्झना ठकुरी तिवारी, अमृत थापा र शान्ता खनालको फर्ममा पालिएको बोइलर, लेयर्स र चल्लामा कुखुरा संक्रमण भेटिएको सापकोटाले बताए ।

यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो। पछिल्लो समय सुर्खेतमा पनि बर्डफ्लूको सङ्क्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस