काठमाडौं । नेकपामा देखिएको आन्तरिक विवादको पूरा टुंगो नलाग्दासम्म सहकार्य नगर्ने कांग्रेसले निर्णय गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद रहेको समयमा उसका दुई वटा धारमध्ये कसैसँग पनि सहकार्य नगर्ने जनाएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको बताएका थिए । दुबै पक्ष कानुनीरुपमा विभाजन नभएको र हाल एउटै पार्टी नेकपा रहेको हुनाले सहकार्य नगर्ने निर्णय कांग्रेसले गरेको छ ।
जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको हुनाले प्रतिपक्षमै बस्ने तर्क नेपाली कांग्रेसका धेरै नेताहरुले गरेका थिए । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आएमात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा