प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्थ्यो : भीम रावल

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, ११ : ३७
प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्थ्यो : भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति पनि नैतिकता नभएको टिप्पणी गरेका छन् । 

आज प्रचण्ड–नेपाल समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्थ्यो भने । 

जनताको पक्षमा सर्वोच्चले फैसला गरेको भन्दै रावलले अझै पनि केपी शर्मा ओलीले राजीनमा दिँदैनन् भने १३ दिन भित्र संसद शुरु गरेर त्यहीँबाट उनीमाथि कारबाही गरिने बताए । 

उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको पनि बताए 

प्रतिक्रिया दिनुहोस