रेम्डिसिभिरले निको हुने दर बढी

पत्रपत्रिकाबाट

बुधबार, १२ फागुन २०७७, ०७ : ३१
रेम्डिसिभिरले निको हुने दर बढी

काठमाडौं । प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो । परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरूमा यो अध्ययन गरेको थियो ।

परिषद्ले मंगलबार ‘नेपालमा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययन’मा यस्तो नतिजा निस्केको हो । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस