काठमाडौं । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाको स्वागत गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अदालतलाई धन्यवाद समेत दिएका छन् ।
केसीको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको घटनालाई सर्वोच्च अदालतले असंवैधानिक भनेर संसद विघटनलाई बदर गर्दै संसद पुनस्र्थापना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको उक्त निर्णयलाई हामीले स्वागत गर्दछौँ र सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।’
प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक एवं प्रतिगामी कदमका विरुद्ध तथा संसद पुनस्र्थापनाको लागि संघर्ष गरिरहेका सबै राजनीतिक दल, संगठन, संघ, संस्था, नागरिक समाज, पत्रकार तथा जनतालाई पनि जनमोर्चाले धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा प्रचण्ड–माधव पक्षका नेताहरु सभामुखसंग परामर्श गर्दै
कसले पाउला नेकपा नाम ? सर्वोच्च अदालतले आज फैसला गर्दै
कानुनी प्रक्रिया अघि बढाउने तयारीमा निर्वाचन आयोग
पूनस्थापित संसदको अधिवेशन आजदेखि, कसको रणनीति के ?
गोपाल किराती प्रचण्ड नेपाल समुहमा आउन बाटो खोज्दै
वैधानिक नेकपा हामी नै हौँ : अध्यक्ष प्रचण्ड