थपिए १ सय १० जना कोरोना संक्रमित, चार जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, १६ : ३८
थपिए १ सय १० जना कोरोना संक्रमित, चार जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय १० जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ ।

Yeti Diistillery Tansen Cement box

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ ।

मंगलबार १ सय २ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ । हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस