निर्मलकुमार विश्वकर्मा भए दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, १३ : ५०
निर्मलकुमार विश्वकर्मा भए दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस