काठमाडौं । महान्याधिवक्ता अग्निप्रसाद खरेलले प्रधानमन्त्री केपी ओली समक्ष राजिनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेका खरेलले प्रधानमन्त्री ओलीलाई ‘म अब काम गर्न सक्दिन’ भन्दै राजिनामा बुझाएको बालुवाटार श्रोतले जनाएको छ ।
राजिनामा बुझाउने क्रममा प्रधानमन्त्री ओली र न्यायधिवक्ता खरेल बिच केही भनाभन र चर्काचर्की पनि भएको श्रोतको दाबी छ । खरेलले राजिनामा बुझाएपछि ओलीले भने त्यसलाई स्वीकृत गरेका छैनन् । प्रधानमन्त्री ओलीले खरेलले प्रतिनिधि सभा विघटनको प्रतिरक्षा गर्न नसकेको भन्दै असंतुष्टि व्यक्त गर्दै आईरहेका थिए ।
श्रोतका अनुसार चार पाँच दिन अघि पनि दुवै जना बिच भेटघाट भएको र सो क्रममा पनि दुवै जनाबिच भनाभन भएको थियो । भनाभन पछि बाहिर निस्कने क्रममा खरेलले अन्य उपस्थित नेतासंग म अब महान्यायधिवक्ता भएर काम गर्न सक्दिन, चुनावमा लड्छु भन्दै बालुवाटारबाट फर्किएका थिए । उक्त दिन महान्यायधिवक्ताको जन्म दिन समेत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
अब एमाले–माओवादी अलग अलग
ओली समूहबीच बालुवाटारमा आन्तरिक छलफल जारी
प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु, सर्वोच्चको फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय लिँदै
ओली समूहले मोरङ पार्टी कार्यालयमा राख्यो नेकपा एमालेको बोर्ड
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ: नेता भण्डारी