मकवानपुर । हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौं तर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ फागुन २०७७, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत