काठमाडौं । खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ ।
विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन्। दशैँयता प्रतिलिटर ६० रुपियाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो ।
तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन्। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ फागुन २०७७, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानीको नक्सालमा आगलागी
कोरिया जान अवधि थपियो
एसईईका परीक्षार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
छोइनसक्नु भयो चल्लाको मूल्य
अब मध्यावधि निर्वाचनको सम्भावना कति ?
ओली सरकार धरमर बन्यो