राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति

पत्रपत्रिकाबाट

मंगलबार, ११ फागुन २०७७, ०८ : ३२
राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति

काठमाडौं । सरकारले  राष्ट्रिय  प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा  योजना  तथा  रणनीति  सम्बन्धमा  निर्माण  गरिएको सो नीति  स्वीकृत गरिएको हो ।

रक्षा  मन्त्रालयका  प्रवक्ता  एवं  सहसचिव  कृष्णप्रसाद  ज्ञवालीले  नेपालको  प्रतिरक्षा  प्रणाली  सबल  र  सुदृढ  बनाउन  पहिलो  पटक  प्रतिरक्षा  नीति–२०७७  स्वीकृत  भएको  जानकारी  दिए । 

राष्ट्रिय  सुरक्षा  परिषद्,  रक्षा,  गृह,  परराष्ट्र  मन्त्रालय र नेपाली सेनालगायत सम्बद्ध निकायसँगको छलफलपछि प्रतिरक्षा नीति निर्माण गरिएको हो । मुलुकलाई  बाह्य  शक्तिको  आक्रमणबाट  सुरक्षित  राख्न  तथा  सामना  गर्न  तयार  पारिएको  रणनीति  तथा  योजना  र  जिम्मेवारी  समेटिएको  प्रतिरक्षा  नीतिले  राष्ट्रलाई  थप  बलियो  बनाउन  सहयोग पुग्ने अपेक्षा गरिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस