प्रवासीले पाएनन् मताधिकार

पत्रपत्रिकाबाट

मंगलबार, ११ फागुन २०७७, ०८ : १५
प्रवासीले पाएनन् मताधिकार

काठमाडौं । यस पटकको निर्वाचनमा पनि विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका छन् । आगामी वैशाखमा  हुने  भनिएको प्रतिनिधि  सभा  सदस्य निर्वाचनमा मतदान गर्न पाउनुपर्ने आवाज उठे पनि कानुनी रूपमा अझै यो विषय सम्बोधन हुन सकेको छैन ।

अहिलेसम्म कानुन निर्माण नभएकाले विदेशमा  रहेका  नेपालीले  मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । विदेशमै रहेकालाई  मतदानमा सहभागी  बनाउन निर्वाचन  आयोगले  कुनै  तयारी  गरेको छैन ।    

रोजगारी, अध्ययनलगायत विभिन्न  प्रयोजनका  लागि  औपचारिक र अनौपचारिक रूपमा गएका ५० लाख हाराहारीमा नेपाली विदेशमा रहेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस