भारतबाट पनि सरकारी तहमै मल खरिदको प्रस्ताव

पत्रपत्रिकाबाट

मंगलबार, ११ फागुन २०७७, ०८ : ११
भारतबाट पनि सरकारी तहमै मल खरिदको प्रस्ताव

काठमाडौं । बङ्गलादेशबाट जी टु जी सम्झौताबाट मल ल्याउने प्रक्रिया सुरु भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयले भारतबाट पनि जीटुजी (सरकार–सरकार) सम्झौताकै माध्यमबाट रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरेको छ ।

कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई सम्झौतापत्रको मस्यौदा पठाइसकेको मन्त्रालयका सचिव डा। योगेन्द्र कार्कीले जानकारी दिए । कृषि मन्त्रालय परराष्ट्र मन्त्रालयले फागुन ५ गते सम्झौतापत्रको मस्यौदा पठाएको थियो भने परराष्ट्र मन्त्रालयले फागुन ६ गते भारतलाई सो पत्र पठाएको मन्त्रालयले जनाएको छ ।

नेपालले भारतसँग पहिलो चरणमा तीन वर्षका लागि सम्झौता गर्न प्रस्ताव गरिएको कृषि मन्त्रालयका वरिष्ठ अधिकृत गङ्गादत्त आचार्यले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस