काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभएको छ ।
जमिअत उलमाए नेपालद्वारा आज जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तरक्रिया र उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष यादवले मुलुकमा ठूलठूला राजनीतिक परिवर्तन भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गर्र्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई शिक्षामा जोड दिँदै अशिक्षाकै कारण मुस्लिम समुदाय गरिबी र असमानताको सिकार भएको उल्लेख गर्नुभयो । मुस्लिम समुदायलाई मुलुकको मूलधारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकार त्यसै दिशामा अघि बढेको स्पष्ट पार्नुभयो ।
असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडीलगायतका वक्ताहरुले आआफ्ना धारणा प्रकट गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० फागुन २०७७, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?