५३ प्रतिशतले पाए कोरोना बिमा भुक्तानी

पत्रपत्रिकाबाट

सोमबार, १० फागुन २०७७, ०८ : ०१
५३ प्रतिशतले पाए कोरोना बिमा भुक्तानी

काठमाडौं । कोरोना बिमामा परेका दाबीमध्ये करिब ४१ हजार २ सय २६ ले भुक्तानी पाएका छन् । ती दाबीउपर ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको नियामक निकाय बिमा समितिले जनाएको छ । 

कागजात पुगेका कुल दाबीको करिब साढे ५३ प्रतिशत हो । त्यसयता पनि बिमा भुक्तानी भएको छ । यसकारण दाबी भुक्तानी संख्या अझै बढ्ने बिमा कम्पनीहरूको दाबी छ ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस