काठमाडौं । बारामा मैजिक गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना४५प ५१२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसौनी गाउँपालिका–५ निवासी ४० वर्षीय दुरुयोधन चौधरीको घटनास्थलमै मृत्युको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।
ठक्कर दिने मैजिक चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । मृतकको शव कलैया अस्पतालमा रहेको र शवपरीक्षण गरी परिवारजनको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०९ फागुन २०७७, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु