काठमाडौं । बारामा मैजिक गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना४५प ५१२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसौनी गाउँपालिका–५ निवासी ४० वर्षीय दुरुयोधन चौधरीको घटनास्थलमै मृत्युको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।
ठक्कर दिने मैजिक चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । मृतकको शव कलैया अस्पतालमा रहेको र शवपरीक्षण गरी परिवारजनको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०९ फागुन २०७७, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु