बिमालेख धितोमा बैंकबाट कर्जा लिन नपाइने

पत्रपत्रिकाबाट

आइतबार, ०९ फागुन २०७७, ०८ : १२
बिमालेख धितोमा बैंकबाट कर्जा लिन नपाइने

काठमाडौं । बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ ।

यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरीत हो ।

यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस