काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको बिघटन असल मनसायबाट नभएको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरीद्वारा शनिबार सदरमुकाम इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले प्रतिनिधिसभाको बिघटन गरेर नेपाली कांग्रेसले अव दुई तिहाइ बहुमत ल्याउ छ भने उद्देश्यले नगरेको आरोप लगाउनुभएको हो ।
वरिष्ठ नेता पौडेलले कांग्रेसमा पटक–पटक दुई वटा धार हँुदै आएको उल्लेख गर्नुहुँदै पार्टीमा दुई वटा धार भएपनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिनका लागि नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको बताउनुहुँदै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, पूर्वराज्यमन्त्री सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतले मुलुकको वर्तमान राजनीतिका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नुभएका सयौँ नेता तथा कार्यकर्तालाई वरिष्ठ नेता पौडेल र पार्टीका सभापति कोइरालाले फुल, माला र अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ फागुन २०७७, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण
पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपतिद्वारा पूजा अर्चना
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट
राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा
दिगो विकाससँग वन्यजन्तु संरक्षण प्रत्यक्ष रूपमा जोडिएको छ : राष्ट्रपति पौडेल