काठमाडौं । भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ ।
बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ फागुन २०७७, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु