माधव–प्रचण्ड समुहका शेरबहादुर तामाङ र उषाकला राई ओली गुटमा प्रवेश

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, १२ : २६
माधव–प्रचण्ड समुहका शेरबहादुर तामाङ र उषाकला राई ओली गुटमा प्रवेश

काठमाडौं । नेकपा नेता शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन् ।

तामाङसँगै उनकी धर्मपत्नी एवम् प्रदेश नम्बर १ कि सांसद उषाकला राईपनि आज हुने विराटनगरको सभाबाट पार्टी प्रवेश गर्दैछिन् । तामाङ चुनावमा सिन्धुपाल्चोक(२ बाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।

प्रतिक्रिया दिनुहोस