काठमाडौँ । पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । देशभर १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ फागुन २०७७, १६ : २६
लेखकबाट थप