काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ पुगेको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ। हाल देशभर १ हजार ६ सय ३ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ फागुन २०७७, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि