प्रवासी नेपाली एकता मन्च साउथ अष्ट्रेलियाको राज्य समिति भेला सम्पन्न

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, ०९ : १३
प्रवासी नेपाली एकता मन्च साउथ अष्ट्रेलियाको राज्य समिति भेला सम्पन्न

काठमाडौं । विगत १६ बर्ष देखि प्रवासमा रहेर प्रवासी नेपालीहरु बिच सामाजिक अभियानहरुको नेतृत्व गर्दै विभिन्न किसीमका सामाजिक गतिविधिलाई नेपाल र नेपालीको हितमा अगाडी बढाउदै आएका यादव बस्याल एकता पछिको पहिलो प्रवासी नेपाली एकता मन्च साउथ अष्ट्रेलियाको अध्यक्ष बनेका छन् ।

बस्याल प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाका संस्थापक केन्द्रीय सदस्य पनि हुन् । उनले अध्यक्ष भए लगत्तै साउथ अष्ट्रेलियामा रहेका सम्पूर्ण संघ संस्थाहरुसंग सहयोग र सहकार्य गरेर नेपाल र नेपालीहरुको हितमा काम गर्दै आइरहेका छन् ।  

प्रवासी नेपाली एकता मञ्च साउथ अष्टे«लियाको अध्यक्ष चुनिएपछि बस्यालले संस्थालाई नेपालीहरुको सुखदुखको साथीको रुपमा स्थापित गराउने, सबैसंग मित्रवत व्यवहार गर्दै मन्चको उपस्थितीलाई दर्बिलो बनाउने र सामाजिक गतिविधिहरुलाई निरन्तरता दिदै प्रवासी नेपाली एकता मन्चलाई नेपालीहरुको साझा मन्च बनाउने बताएका छन् ।

मन्चको सचिवमा दामोदर रावल चयन भएका छन् । यो सँगै प्रवासी नेपाली एकता मन्च साउथ अष्ट्रोलियाको एकता प्रक्रिया टुंगिएको छ । कार्यसमितिका अन्य सदस्यहरुमा सिताराम सापकोटा, कृष्ण भट्टराई, हरि ढकाल, विष्णु चापागाई, सुजन पौड्याल, प्रकास दाहाल, निकेस सापकोटा, पवन आचार्य, नविन सिंखडा, मनिष खनाल, निशा पराजुली भट्टराई, सुसान्त राई , असोक रिजाल, शिभ बहादुर कार्की, रोसन दानी, लोकेन्द्र चन्द, ललिता घिमीरे, कृष्ण भुसाल, रन्जु न्यौपाने, डोनाल खड्का, क्षितिज ढकाल चयन भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस