भागरथी भट्टको बलात्कार र हत्या प्रकरण

अनुसन्धानका लागि अदालतले दियो पाँच दिनको म्याद

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, १५ : ५४
अनुसन्धानका लागि अदालतले दियो पाँच दिनको म्याद

काठमाडौँ । गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरमाथि अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको छ ।

सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको जानकारी दिए ।

भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन् ।

‘हामीले आरोपित व्यक्तिको लोकेसन, आइ विट्नेस र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘आरोपितको बारम्बारको बयान बाझिएको र उसले गरेको गतिविधिले पुष्टि गरेको हो ।’

प्रतिक्रिया दिनुहोस