फलोइङमा इन्स्टाग्रामका मालिकलाई नै उछिनिन् आँखा झिम्क्याउने युवतीले

विहीबार, ०८ चैत्र २०७४, १५ : १५
फलोइङमा इन्स्टाग्रामका मालिकलाई नै उछिनिन् आँखा झिम्क्याउने युवतीले

फिल्मको एक दृश्यमा आँखा झिम्क्याएर चर्चामा आएकी युवती प्रिया प्रकाश वारियरले इन्स्टाग्रामका मालिक मार्क जुकरबर्गलाई फ्यान फलोइङमा उछिन्दै नयाँ कीर्तिमान कायम गरेकी छिन् । उनको लोकप्रियता निरन्तर बढिरहेको छ र उनको इस्टाग्राम अत्याधिक तीब्र गतिमा फलोअर बढ्ने एकाउण्ट बनेको छ ।

इन्स्टागमका मालिक मार्क जुकरबर्ग करिब ७ वर्षदेखि इन्स्टाग्राममा छन् । यो अवधिमा जुकरबर्गलाई ४ मिलियन प्रयोगकर्ताले फलो गर्छन् । अर्कोतर्फ प्रिया इन्स्टागममा आएको झण्डै डेढ वर्ष भयो र यो अवधिमा उनका फलोअर साढे ४ मिलियन पुगिसकेका छन् । प्रियाका फलोअरको संख्या पछिल्लो एक सातामा अत्याधिक बढेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस