डढेलोे नियन्त्रण कठिन

रासस

मंगलबार, ०४ फागुन २०७७, १२ : ३२
डढेलोे नियन्त्रण कठिन

रसुवा। सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्थाबीच सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित पर्नसक्ने  विपद् र समाधानका विषयक कार्यक्रमले विपद्को अवस्थामा खोज, उद्वार एवं  तत्कालको राहत र वन जङ्गलको डढेलो नियन्त्रणका सामग्री भण्डार व्यवस्थामा पहिलो प्राथमिकता दिने तय भएको हो । 

सरकारी निकायको साथै जिल्लास्थित नेपाल रेडक्रस, अपाङ्गता पुनःस्थापना केन्द्र र ट्रान्सपरेन्सी इन्टरनेशनल निकायसमेतका प्रतिनिधिको उपस्थितिमा भएको समीक्षा कार्यक्रमले रसुवामा बढी भीरपाखो भएका कारण डढेलो नियन्त्रणमा भने सफलता हासिल गर्न नसकेको सहभागीले बताए । 

गत महिना हाकु  क्षेत्रको  जङ्गलमा लागेको डढेलो तीन दिनको प्रयासमा अग्नि रेखा बनाएर नियन्त्रणमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । भौगोलिक विकटता, बढी भीरपाखो, अधिकांश समय चलिरहने हावाहुरी जस्ता कारण रसुवाको जङ्गलमा अचानक लाग्ने डढेलो नियन्त्रणमा कठिनाइ हुने गरेको वन प्राविधिकले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस