‘संसद पुर्नस्थापना नभए देश अराजकताको भुमरीसँगै अतिवादमा फस्ने छ’ : अध्यक्ष दाहाल

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, ११ : १९
‘संसद पुर्नस्थापना नभए देश अराजकताको भुमरीसँगै अतिवादमा फस्ने छ’ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री ओलीले माडीमा राम मन्दिर बनाउने कुरा प्रचण्ड सिध्याउन सकिन्छ भन्ने उद्येश्यले ल्याईएको बताएका छन् ।  चितवनको भरतपुरमा निर्माणाधिन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्र्तक्रियामा बोल्दै उनले मेरो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरु मध्ये म जतिको खुसी को हुन्छ भन्दै ओली माथि प्रतिप्रश्न तेस्र्याए ।

उनले भने–‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ।’ होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिदैं उनले त्यसमा सबैभन्दा बढी सहयोग आफुले गर्ने बताए । राम मन्दिर बनाउने कुरा राजनिति गर्न र प्रचण्ड सिध्याउन अभियान चलाउन मात्र ल्याइएको भन्दै उनले त्यस्तो हो भने ओली आफैं गड्ढामा पर्ने उल्लेख गरे । 

भरतपुरमा निर्माणाधिन सिटी हल र ६ लेनको सडक आफुले ल्याउन पहल गर्ने र ओलीले रोक्न बल गर्ने गरेको स्मरण गर्दै यसमा पनि चितवनका जनता र जनप्रतिनिधी जित्न सफल भएको उनले सुनाए ।  पत्रकारहरुको जिज्ञासामा संसद पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाई नै हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले मैले आमसभामै सार्वजनिक रुपमै भनिसकेको छु कि मलाई प्रधानमन्त्री हुने लोभ नै छैन्, यो भ्रम कसैलाई नपरोस भन्दै प्रचण्डले आन्दोलनको नेतृृत्व प्रधानमन्त्री बन्न गरेको हो भने त्यो गलत रहेको औल्याए ।

यो आन्दोलन लोकतन्त्र र संविधान बचाउनका लागि रहेको बताउदैं उनले अहिले हासिल यो उपलब्धी धेरै ठुलो संघर्षबाट आएको दोहो¥याए । अन्य दलसंग संयुक्त आन्दोलनको सम्भावना कति छ भन्ने प्रश्नमा अध्यक्ष दाहालले प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर, रामचन्द्र जीसंगै र जसपाका केही नेताहरुसंगै पनि कुराकानी भईरहेको बताउदैं ढिलोचाँडो संयुक्त आन्दोलन हुने विश्वास व्यक्त गरे । 

अलोकतान्त्रिक र असंवैधानिक कदम मार्फत चुनाव नै भए त्यो पनि असंवैधानिक, अवैधानिक हुने तर्क राख्दै उनले भने–‘अहिलेको अवस्था त संविधान ‘डिरेल’ हुने हो कि भन्ने खतरा पैदा भएको छ, त्यसलाई ट्रयाकमा ल्याउन नै यो आन्दोलन, संघर्ष भईरहेको छ । अहिलेको कदम नसच्चिए अब हुने चुनावबाट आउने प्रधानमन्त्रीले जतिबेला पनि संसद विघटन गर्न सक्छ, र त्यो नजिर बन्ने पनि भएकाले यो दुष्प्रयासलाई कदापी सफल हुन दिनुहुदैंन ।

सर्वोच्च अदालतबाट पुर्नस्थापना नभए के हुन्छ भन्ने संचारकर्मीले बारम्बार गरेको प्रश्नमा अध्यक्ष दाहालले देश अराजकताको भुमरीमा पर्ने, देशमा अतिवाद फैलिने, दक्षिणपन्थी अतिवाद, वामपन्थी अतिवाद फैलने खतरा रहेको बताए । अर्को प्रश्नमा उनले निर्वाचन आयोगले आफैले ४४१ जनाको केन्द्रिय कमिटि रहेको फैसला गरिसकेकाले यसको बहुमतलाई मान्यता दिनैपर्छ भन्दै आफ्नो अडान दोहो¥याएका छन् । 

माडीलाई मणी बनाउने कुरा आफुहरुले गरेकै हो बताउदैं उनले माडीमा विकास जति हुनुपर्ने हो त्यति नभएकोमा प्रधानमन्त्री ओली नै दोषी रहेको आरोप लगाए । उनले भने–‘माडीमा विकास नभएको पनि हैन, माडीमा अहिले सडक, पुलपुलेसाका काम धमाधम भईरहेको र विकासको लहर पनि चलेको छ ।’ माडीको कृषि क्षेत्रमा विविधिकरण गर्न युवाहरुमा पनि जागरण बढेको बताउदैं उनले प्रधानमन्त्री ओलीजीको विकास विरोधी, निषेधात्मक, प्रतिक्रान्तिकारी सोचका बाबजुद पनि माडीमा भएको विकासले आफु सन्तुष्ट रहेको बताए ।

उनले विगतमा कृषि र भुमि मन्त्रालय एउटै रहेको उल्लेख गर्दै त्यही समयमा सुकुम्बासी र भुमि सम्बन्धी समस्या समाधानका लागि आफुले पहल गरिरहेकै बेला प्रचण्डले अब कृषि र भुमिमा क्रान्ति ल्याउने भो भन्दै तत्कालिन मेरो र सबैभन्दा ईमान्दार मन्त्रीलाई हटाएर दुईवटा मन्त्रालय बनाए । आफु कृषि सम्बन्धी नै अध्ययन गरेको र त्यसमा पनि यो विषयमा आफ्नो चासो रहेकोले प्रचण्डले यो क्षेत्रमा क्रान्ति गर्ने भयो भन्दै ओलीले नयाँ भुमि ऐन ल्याउन नदिएको आरोप पनि लगाए । 
 

प्रतिक्रिया दिनुहोस