काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलिले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्।v "के महाराजा बन्न लालायित भएको ? राजाहरुले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको?" आक्रोसित मुद्रामा डा कोइरालाले भने।
राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भुमिका निर्बाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउँन परेको बताए ।
सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफुहरुले संबैधानिक इजलासमा बस्ने न्यायधीश हरुलाई दबाब अथवा आग्रह नगरेको बताए ।
"संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरुले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी बिस्वस्त छौं" उनलेे भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल