काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको बाटो पक्रिएको आरोप लगाएका छन् । उनले ओलीले हारिसकेको भन्दै उनले चुनाव गर्नका लागि घोषणा नगरेको पनि बताए ।
चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको भन्दै त्यसविरुद्ध आफूहरु आन्दोलनमा रहेको बताए ।
‘पहिला राजामहाराजाले जे गर्नुभएको थियो अहिले केपी ओलीले त्यही गर्नु भएको छ । उहाँले जतिबेला प्रतिगमनको बाटो पक्रिनु भयो, त्यतिबेला प्रतिक्रिन्तिको बाटो पक्रिसक्नु भयो’, प्रचण्डले भने, ‘उहाँले हारिसक्नु भयो । मतमा हार्नुहुन्छ, व्यवहारमा पनि हार्नुहुन्छ ।’ उनले अगाडि भने, ‘चुनाव हुँदैन, चुनाव हुनका लागि गरिएको प्रतिगमन नै होइन ।’
ओलीले नेपाली जनताले प्राप्त गरेको उपलब्धि धरापमा पारेको भन्दै सबै जनता र बुद्धिजिवि मिलेर ओलीलाई परास्त गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’
रुकुम पूर्वका मतदातासँग प्रचण्ड ६ दिन आफैं मत माग्न पुग्ने, यस्तो छ कार्यतालिका
प्रचण्ड फर्किँदा पूर्वी रुकुम किन फेरि उत्साहित छ ?
डा. बाबुराम भट्टराईका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण