काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको बाटो पक्रिएको आरोप लगाएका छन् । उनले ओलीले हारिसकेको भन्दै उनले चुनाव गर्नका लागि घोषणा नगरेको पनि बताए ।
चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको भन्दै त्यसविरुद्ध आफूहरु आन्दोलनमा रहेको बताए ।
‘पहिला राजामहाराजाले जे गर्नुभएको थियो अहिले केपी ओलीले त्यही गर्नु भएको छ । उहाँले जतिबेला प्रतिगमनको बाटो पक्रिनु भयो, त्यतिबेला प्रतिक्रिन्तिको बाटो पक्रिसक्नु भयो’, प्रचण्डले भने, ‘उहाँले हारिसक्नु भयो । मतमा हार्नुहुन्छ, व्यवहारमा पनि हार्नुहुन्छ ।’ उनले अगाडि भने, ‘चुनाव हुँदैन, चुनाव हुनका लागि गरिएको प्रतिगमन नै होइन ।’
ओलीले नेपाली जनताले प्राप्त गरेको उपलब्धि धरापमा पारेको भन्दै सबै जनता र बुद्धिजिवि मिलेर ओलीलाई परास्त गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु संकट श्रमजीवी वर्गको साझा मुद्दा हो: प्रचण्ड
आलोचना दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्यो: प्रचण्ड
माधव र विप्लवको पार्टीसँग एकता हुन्छ : प्रचण्ड
जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै प्रचण्डलाई धन्यवाद
‘जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित भयो’ : प्रचण्ड
अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने