काठमाडौं । कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ ।
केही दिनदेखि नेपालमा राजनीतिक उतारचढावका साथै खुलेआमरुपमा मानिसहरु जुलुस, आमसभा, विरोधका कार्यक्रम लिएर सडकमा उत्रिएसँगै कोरोना परीक्षणमा कमी आएको र परीक्षण गरेका न्यून संख्यामा कोरोना पुष्टि हुनुलाई कोरोना निर्मूल भएको सम्झन नहुने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कोरोना संक्रमितको संख्या शून्यमा नझरेसम्म उत्तिकै चुनौती रहिरहन्छ । यस्तो अवस्थामा अझ संक्रमितको पहिचानका लागि ठूलो संख्यामा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ ।
भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए । उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ । डा. पौडेलले भने– ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन ।
कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु एस जिन नेगेटिभ आएकाले नयाँ प्रजातिको भाइरसको आशंका गरिएको भए पनि निश्चित भइसकेको छैन । आशंका गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।’भेरियन्ट प्रजातिको नयाँ भाइरस हो होइन भन्ने पहिचान गर्नका लागि ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो परीक्षण अहिले नेपालमा शुरु भइनसकेको र एक सातापछि शुरु हुने डा। पौडेलले बताए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ फागुन २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु