काठमाडौँ । पछिल्लो २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार १ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ।
हाल देशभर १ हजार ६ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन , हालसम्म मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ फागुन २०७७, १७ : ०७
लेखकबाट थप