काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई आज आइतबारदेखि कोरोनाविरूद्ध खोप दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारीलाई खोप दिइनेछ।
यस्तै पत्रकार, स्थानीय तहका जनप्रतिनिधिहरू, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू, पहिला छुट भएका स्वास्थ्यकर्मीहरूले पनि खोप लगाउनेछन् । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ फागुन २०७७, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण