पूर्व राजा ज्ञानेन्द्रसहित क–कसले गरे सुरक्षाकर्मी फिर्ता ?

पत्रपत्रिकाबाट

शनिबार, ०१ फागुन २०७७, ०७ : ५३
पूर्व राजा ज्ञानेन्द्रसहित क–कसले गरे सुरक्षाकर्मी फिर्ता ?

काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित सार्वजनिक पदाधिकारीको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । 

मन्त्रिपरिाष्द् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिअनुसार मापदण्डविपरितका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कान्तिपुर दैनिक लेख्छ–पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ नागार्जुन बेस र २ वटा पिकअप भ्यान तथा पूर्ववप्रधानमन्त्री प्रच्ण्डको सुरक्षार्थ खटिएका ५७ सुरक्षाकर्मी र एउटा अगुवा गाडी फर्काइएको छ ।

प्रतिक्रिया दिनुहोस