काठमाडौं । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ ।
कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको आज बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकमा जनसम्पर्क समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो ।
बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशनसमेत दिएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईको अध्यक्षतामा भएको बैठकले संसद् विघटनको विरुद्धमा कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको देशव्यापी विरोधका कार्यक्रममा व्यापकरुपमा जनसहभागिता जुटाउने निर्णय गरेको छ ।
बैठकले कोभिड–१९ बाट प्रभावित भई देशभित्र र बाहिर मृत्यु भएका सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बैठकले कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली नागरिकलाई राहत तथा उद्धारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको विभागका सचिव महेश थपलियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० माघ २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल