कोरोना अपडेट : शुक्रबार ७ जना कोरोना संक्रमितको मृत्यु, १ सय ३० जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, १६ : ३८
कोरोना अपडेट : शुक्रबार ७ जना कोरोना संक्रमितको मृत्यु, १ सय ३० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ ।

हाल देशभर १ हजार ७ सय ७ जना सक्रिय संक्रमित रहेका  छन्। 
 

प्रतिक्रिया दिनुहोस