यी हुन् प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सोधेका चार प्रश्न (उत्तरसहित)

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, १२ : २८
यी हुन् प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सोधेका चार प्रश्न (उत्तरसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो ।  केही घण्टामै रिहा भएकी नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रहरी समक्ष चारवटा प्रश्नको जवाफ दिएकी थिइन् । 

केही दिनअघि गोरखाको सिरानचोकमा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा गरेको टिप्पणीलाई लिएर झाँक्रीलाई प्रहरीले निवासबाटै पक्राउ गरे पछि उनले महानगरीय अपराध महाशाखा मीनभवनमा प्रहरीसमक्ष चारवटा प्रश्नको जवाफ दिएर रिहा भएकी थिइन् । 

उनले आफू जिम्मेवार राजनीतिकर्मी भएको भन्दै राजनीतिक अभिव्यक्ति दिएको तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारभित्र रहेर अभिव्यक्ति दिएको जवाफमा लेखेकी छिन् । 

संवैधानिक निकायप्रति आफ्नो आस्था रहेको र संघीय गणतन्त्रप्रति सम्मान रहेको उनले प्रहरीसमक्ष लिखित जवाफ दिएकी छिन् । संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सँधैं सम्मान रहेको उनले जवाफमा लेखिकी छिन् । 

झाँक्रीमाथि प्रहरीले फौजदारी मुलुक संहिताको दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरि पक्राउ गरेको थियो ।  गिरफ्तारीको चौतर्फी आलोचना भएपछि प्रहरीले बिहीबार साँझ नै उनलाई रिहा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस