काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेता खनाल नियमित स्वास्थ्य जाँचका लागि आज दिल्ली गएका हुन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् । ‘स्वास्थ्य परीक्षणका लागि जानुभएको हो । चार दिनपछि फर्कनुहुन्छ’, खनालका सहयोगी कृष्ण भट्टराइले जानकारी दिए । खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० माघ २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल